सावधान ! खुट्टा माथि खुट्टा खप्टाएर बस्ने गर्नुहुन्छ ? स्वास्थ्यमा पर्छ यस्तो नराम्रो असर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

के हाम्रो बसाईको स्थितीले पनि स्वास्थ्यमा असर गर्छ ? पक्कै गर्छ । स्वस्थ जीवनका लागि बसाईको आसन पनि सही हुनुपर्छ ।

जस्तो हामीमध्ये धेरैजसो एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बस्ने गर्छौं, जसलाई चलनचल्तीको भाषामा उपरखुट्टी लगाएको भनिन्छ । यसरी बस्नुलाई हाम्रो समाजमा त्यती शोभनिय मानिदैन । खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको कुरा किनपनि जोडिएको रहेछ भने, यो स्वास्थ्यका लागि हानिकारक रहेछ ।

उपरखुट्टी लगाएर बस्नुको हानिकारक प्रभाव शरीरमा पर्छ । हुन त हामी यसलाई स्टाइलको वा आरमको रुपमा लिन्छौं । कतिपय अवस्थामा आफुलाई ठूलो देखाउन पनि हामी उपरखुट्टी लगाउँछौं, तर यो पोजिसन सही होइन । यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा द’बाब पर्छ । साथै खुट्टाको नसामा त्यसले दबा’ब पैदा गर्छ । यसले मांशपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ ।

यसको असर खुट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँडमा समेत नकारात्मक असर पार्छ । भेरिकोज भेन्समा नसा बढेको हुन्छ । कुनैपनि नसा भेरिकोज भेन्स नै हुनसक्छ । तर सबैभन्दा प्रभावित नसा हाम्रो खुट्टा र खुट्टाको पञ्जामा हुन्छ । त्यही कारण उभिदा वा घुम्दा हाम्रो तल्लो भागको नसामा द’बाब बढ्छ । भेरिकोज भेन्स सामान्यत छालाको सतहमा देखिने निलो नसा हो । कहिले काहीँ यसले गंभिर समस्याको रुप लिन्छ ।

हुन त चिकित्सकहरु अझैपनि यसमा स्पष्ट छैनन् कि, उपरखुट्टी लगाउँदा त्यसले भेरिकाज नसाको कारण बन्छ कि बन्दैन । यद्यपी अधिकांश चिकित्सकले के भन्ने गरेका छन् भने, उपरखुट्टी लगाएर बस्दा त्यसले रक्त प्रवाहमा नराम्ररी असर पु¥याउँछ ।

मांसपेशीलाई असर
उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उ’त्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शि’थिल हुनपुग्छ । पछि यही कारण मांसपेशी दुख्ने समस्या पनि हुनसक्छ ।

अस्थायी पक्षघात
जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको समस्या हुने जो’खिम देखिन्छ ।

रक्तचाप बढ्छ
जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा रक्तचाप स्वत बढ्छ ।

गर्दन र कम्मरको समस्या
यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा द’वाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा द’वाव पर्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।