सुनकाे मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ असार ।

नेपाली बजारमा सोमवार सुनको मूल्य घटेको छ। स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार स्थिर रहेको सुनको भाउ सोमवार २०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला र ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ। आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। आइतवार तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ। आइतवार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १ हजार ३१० रुपैयाँमा खरीदविक्री भइरहेको छ। आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो।