कोरोना संक्रमणबाट पोखरामा थप ११ जनाको मृ’त्यु पुष्टि

हाम्रो सन्देश संवाददाता

पोखरा, २६ बैशाख ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप ११ संक्रमितको मृ’त्यु भएको छ । कोरोना संक्रमणबाट पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप ११ जनाको मृ’त्यु भएको हो ।कोरोना संक्रमणका कारण आइतबार पोखरामा अहिलेसम्मकै उच्च संख्यामा मृ’त्यु पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पोजेटिभ पुष्टि भइ पोखराका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको एकैदिन मृ’त्यु पुष्टि भएको हो ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृ’त्यु भएको हो ।

पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृ’त्यु भएको जनाइएको छ । यस्तै पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डठकी मेडिकल कलेजमा मृ’त्यु भएको हो । यी ३ जना संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो ।

पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शनिबार राति मे’डिप्लस अस्पताल पोखरामा नि’धन भएको हो । म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीइ संक्रमितको शुक्रबार बेलुका मृ’त्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोरोना देखिएको थियो ।पोखरा १२ की ३५ वर्षीया संक्रमितको २५ गते शनिबार राति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नि’धन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको कुश्मा घर भएका ४२ वर्षे पुरषको पनि सोही अस्पतालमा नि’धन भएको हो ।स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान च’रक मेमोरियल अस्पतालमा मृ’त्यु भएको छ । वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शबिार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको छ ।

रुपन्देही सि’द्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा नि’धन भएको हो । उनमा २३ वैशाखमा को’रोना देखिएको थियो ।प्रदेशभर कोरोनाका कारण मृ’त्यु हुनेको संख्या २ सय ६२ पुगेको छ ।