आज पनि घट्यो सुनको मूल्य, तोलाको कति?

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२ चैत्र ।

सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ८१ हजार ५०० रुपैयाँमा झरेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि ८०० रुपैयाँले नै घटेर ८१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिइएको छ ।

अघिल्लो दिन तेजावी सुनको भाउ प्रतितोला ८२ हजार रुपैयाँ थियो । यता, बिहीबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ८ सय ८० रुपैयाँ थियो ।

कोरोनाको असरका कारण केहि समयदेखि लगातार बढीरहेको सुनको भाउ बुधबारदेखि घट्न थालेको हो। बुधबार पनि सुन तोलामा ४०० रुपैयाँले घटेको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।