सुनचाँदीको मूल्य आईतबार पनि घट्यो, कति पुग्यो त ?

हाम्रो सन्देश संवाददाता

मंसिर २३, काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजावी सुन ६९ अजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदी रु १० घटेर ८४० मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८५० रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।