नर्सलाई सबैभन्दा धेरै तलब दिने यी १० देशहरु: कुन देशमा कति हुन्छ कमाई ?

हाम्रो सन्देश संवाददाता

पोखरा,स्वास्थ्य क्षेत्रका अन्य पेशाहरु जस्तै नर्सिङ पेशालाई अन्य मुलुकमा निकै सम्मानित पेशा मा’निन्छ । तर नेपालमा नर्सहरुको कमाइ राम्रो मानिदैंन् ।विश्वका धेरै देशहरुले नर्सहरुको कामको मुल्यांकन गर्दै निकै आकर्षक तलब दिइरहेको हुन्छन् । केही देशहरुमा अन्य सबै पेशाभन्दा नर्सहरुलाई निकै बढी सुविधा र तलब दिने गरेको पनि पाइन्छ ।विश्वमा कामदारको निकै राम्रो पारिश्रमिक हुने देशहरुमध्ये पहिलो नम्बरमा लक्जमवर्ग रहेको छ ।

यो देशमा अन्य पेशासँगै नर्सहरुको वार्षिक औसत, कमाइ, पनि निकै आकर्षक रहेको छ । उनीहरुको तलब वार्षिक १ लाख ५ हजार ७ सय ४९ अमेरिकी डलर रहेको छ । जुनियर नर्सहरुले समेत सुरुवातमा नै वार्षिक औषत ६० हजार डलर कमाउँछन् ।नर्सको राम्रो कमाइ हुने देशहरुमध्ये ,आइसल्याण्ड, दोस्रो स्थानमा रहेको छ । यहाँको सरकारले स्वास्थ्य क्षेत्रको विकासमा, लागि निकै जोड दिएको ,छ । यहाँ नर्सहरुले वार्षिक औसत ८७ हजार ६ सय ३५ अमेरिकी डलर कमाउँछन् ।

विश्वका उत्कृष्ट व्यक्तिहरुलाई आकर्षित गरिरहेको, अमेरिकाले डाक्टर र नर्सहरुलाई ,निकै राम्रो सेवा सुविधा र पारिश्रमिक दिइरहेको छ । अमेरिकामा नर्सले वार्षिक ७४ हजार २ सय ५० अमेरिकी डलर ,कमाउँछन् ।नर्सहरुका लागि अर्को आकर्षक, गन्तव्य अष्ट्रेलिया पनि हो । अष्ट्रेलियामा ,नर्सहरुको वार्षिक औसत ७२ हजार २ सय ७१ अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।गुणस्तरीय सेवा दिन सफल नर्वेमा प्रायः सबै कामदारले आकर्षक पारिश्रमिक पाउँछन् ।

यहाँ नर्सको औसत वार्षिक तलब ६६ हजार ६ सय ४७ अमेरिकी डलर रहेको छ । उनीहरुले विशेष सीपका आधारमा यो भन्दा धेरै पनि कमाउन गर्छन् ।इजरायलमा कामदारको, पारिश्रमिक त्यति राम्रो, नमानिए, पनि स्वास्थ्य क्षेत्रमा कार्यरत, व्यक्तिलाई भने यहाँ निकै आकर्षक पारिश्रमिक प्रदान गरिन्छ । यहाँ नर्सहरुले, वार्षिक, औसत कमाइ ६३ हजार ५ सय ४१ अमेरिकी डलर रहेको छ ।युरोपेली, देशहरुमध्ये नेदरल्याण्ड्स एक हो ।

जहाँ स्वास्थ्यकर्मीले निकै आ’कर्षक पा’रिश्रमिक पाउँछन् । यहाँ नर्सहरुले वार्षिक औसत ६० हजार २ सय ५३ अमेरिकी डलर कमाउँछन् । यहाँ अस्पताल अनुसार नर्सहरुलाई अंग्रेजी, डच र स्थानीय भाषाको ज्ञान हुनु थप राम्रो मानिन्छ ।दर्तावाला नर्सहरुको यहाँ वार्षिक पारिश्रमिक औषत ५८ हजार ४१ अमेरिकी डलर पाउँछन् । नर्सहरुमा पेशागत सीपसँगै अस्पताल अनुसार जर्मन, फ्रेन्च वा इटालियन भाषाको समेत ज्ञान हुन आवश्यक छ ।

आयरल्याण्डमा सरकारी स्रोतमा स’ञ्चालित अ’स्पतालमा कार्यरत नर्सहरुको वार्षिक पारिश्रमिक औसत ५७ हजार ६ सय ६३ अमेरिकी डलर रहेको छ । केहि प्राइभेट सेक्टरमा योभन्दा बढी समेत रहेको छ ।नर्स र डाक्टरहरुका लागि न्युजिल्याण्ड पनि निकै राम्रो ग’न्तव्य मा’निन्छ । यहाँ नर्सले वार्षिक औसत ५६ हजार ३ सय १८ अमेरिकी डलर कमाउँछन् ।