श्वेताको दोस्रो विवाहको खर्च विवरण भयो सार्वजनिक, थाहा पाएपछि च’कित पर्नुहुनेछ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

फिल्म कहाँ भेटिएलाबाट नेपाली चलचित्रमा डेब्यू गरेकी नायिका श्वेता खड्काले करोडपति ब्यबसायीका छोरा विजयेन्द्रसँग धुमधामले विबाह गरिन् । सिन्धुपाल्चोकमा माझीबस्ती निर्मण गरिसकेी श्वेताले विजयेन्द्रसँग धुमधामसँग नेपालको सबैभन्दा महंगो ५ तारे होटल गोकर्ण रिर्सोटमा धुमधामले गरिन् ।श्वेताले करोडौँ खर्च गरेर गरिन् । श्वेता र विजयेन्द्रको विबाह १ करोडको हाराहारीमा खर्च भएको बताइन्छ । ३ दिनसम्म चलेको विबाह नेपाली चलचित्र उद्योगकै सर्वाधिक महंगो बिहे भएको बताइन्छ । जुन विबाहलाई अहिलेसम्मको भव्य विबाह भएको समेत बताइन्छ ।

धुमधामले विबाह सकिए लगत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तरवार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुराकानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बताएकी छिन् ।श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्यबहार गर्ने उनले बताइन् ।

सो अवसरमा श्वेताका ससु्राले श्वतेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहारीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए ।त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्रस्ताव राखेको र श्वेताले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए ।

विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महिनादेखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तरवार्तामा बताएका छन् । उक्त अन्तरवार्तामा श्वेताकी जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्यबस्थित बनेको बताइन् ।श्वेताकी सासुले सुजातालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा विबाह नगरेको भएतापनि परिवारले भने स्विकारिसकेको छ ।