‘देशभर भईरहेको राजावादीहरुको विशाल प्रदर्शन केपी ओलीकै निर्देशनमा’

हाम्रो सन्देश संवाददाता

काठमाडौं , २० मंसिर ।

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सडकमा राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् ।मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ओलीतन्त्रको कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएको मौका छोप्दै इतिहासको रछ्यानमा मिल्किएका बराबिचरा राजावादी भिउँटहरू गणतन्त्रविरूध्द सडकमा कुर्लिराछन्। स्वतन्त्रताप्रेमी जनता शंका गर्छन्( यो गणतन्त्रविरोधी विष(बमनमा कतै बयडगाडे कान्छाको हात र साथ त छैन ? सही प्रश्न ।

अाेलीतन्त्रकाे कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएकाे माैका छाेप्दै इतिहासकाे रछ्यानमा मिल्किएका बराबिचरा राजावादी…

Posted by Khagendra Sangroula on Tuesday, 1 December 2020