मुख्य समाचार

उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

२०८१ भदौ ३० गते २२:०७

३० भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी...

जनाधिकार र स्वाधीनताका लागि माओवादी बलियो बन्न आवश्यक- प्रचण्ड

२०८१ भदौ ३० गते २१:५३

३० भदौ, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलियो बन्न आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

मधेशमा माओवादी केन्द्रको तीव्र ओरालो यात्रामा प्रचण्डले व्रेक लगाउन सक्लान ?

२०८१ भदौ २५ गते २१:२०

२५ भदौ, महोत्तरी  । मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ? मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन । यही सन्दर्भलाई लिएर...

पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान

२०८१ भदौ २१ गते १२:१३

२१ भदौ, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुलमटारमा आज एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो...

बैङ्किङ कसुरसम्बन्धी विधेयक : पीडितलाई न्याय हुने गरी कानुनी प्रबन्ध गर्न सांसदहरु सहमत

२०८१ भदौ २१ गते ०:११

२१ भदौ, काठमाडौँ । चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानुनी व्यवस्था गर्न सांसदहरुले जोड दिनुभएको छ । संसद्को अर्थ समितिको आजको बैठकमा सांसदहरुले कुनै हदम्याद नराखी पीडितले न्याय पाउनेगरी कानुनी प्रबन्ध गर्दा सहज हुने धारणा राख्नुभयो । पछिल्ला दिनमा बैङ्किङ...

संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा कार्यदल गठन

२०८१ भदौ २१ गते ०:०१

२१ भदौ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने निर्णय गरिएको प्रवक्ता आभास लाभले जानकारी दिनुभयो । उक्त...

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

२०८१ भदौ १९ गते ९:३३

१९ भदौ, काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ । शाहलाई सेप्टेम्बर ३ मा अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार...

एकीकृत समाजवादीमा नेताको व्यवस्थापन, तीन जनालाई वरिष्ठ नेतामा मनोनित

२०८१ भदौ १३ गते १९:१४

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार...

चाडपर्वमा कृतिम अभाव, कालोबजारी र मुल्यवृद्धि सह्य हुँदैन- गृहमन्त्री लेखक

२०८१ भदौ १३ गते १९:१०

१३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्वलक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रणख गर्न निर्देशन दिएका छन् । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो बताएक हुन् ।  ‘कृतिम अभाव, कालाबजारी,...

सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

२०८१ साउन ३२ गते २०:०४

३२ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया सङ्ग्रहालय’को आज शुभारम्भ गर्दै उहाँले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन...