मुख्य समाचार

सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

२०८१ कार्तिक ६ गते १०:०३

६ कात्तिक, काठमाडौँ । देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्‍याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । वर्तमान सरकार गठन...

विपद्मा जनतालाई आशा दिन सक्नुपर्छः सभापति खतिवडा

२०८१ कार्तिक १ गते १८:१०

१ कात्तिक, काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गत असोज दोस्रो साताको बाढीपहिरोबाट भएको क्षतिको विवरण १५ दिनभित्र सङ्कलन गरी तत्काल पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित हुन तीन तहकै सरकारसँग आग्रह गर्नुभएको छ । सरकारले विपद् प्रभावित १६ जिल्लाका ७२...

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

२०८१ असोज ३० गते १५:२४

३० असोज, डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्युहुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी...

विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

२०८१ असोज ३० गते १५:२२

३० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताउनुुभएको छ । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास,...

भाडा बढाएका वायुसेवा कम्पनीलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग

२०८१ असोज २१ गते २०:२५

२१ असोज, काठमाडौं । राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले अनुचित तरिकाले भाडा बढाएका वायुसेवा कम्पनीहरुलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अध्यक्ष महर्जनलले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै बढी भाडा लिने विमान कम्पनिलाई कारवाही अग्रण र यात्रुबाट असूल गरेको बढी...

प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

२०८१ असोज २१ गते २०:२२

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट...

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति २० देखि ३० अर्ब

२०८१ असोज १८ गते ९:५६

१८ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।  मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो । जसमा अरनिको...

झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत

२०८१ असोज १८ गते ९:५४

१८ असोज, काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ । असोज १२ गते धादिङको झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ ।  मृतकहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका- १६ का प्रकाश कुँवर, अनुप...

झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो

२०८१ असोज १२ गते २२:२२

१२ असोज, धादिङ । पृथ्वी राजमार्गको धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनका १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट शनिबार साँझ १४ जनाको शव निकालेको प्रहरीले जानकारी दिएको छ । बुटवलबाट काठमाडौँ आउदै गरेको लु १...

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

२०८१ असोज ११ गते १८:२५

११ असोज, काठमाडौं । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी...