मुख्य समाचार

हुम्लाको सिमीकोटमा आजदेखि एफटिटिएच प्रविधिमार्फत एनटी फाइबर सेवा सुरू

२०८१ साउन ३२ गते १९:०१

३२ साउन, काठमाडौं । हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटिटिएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सेवा शुभारम्भ गर्नुभएको थियो । योसँगै...

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनः शान्ति पक्षधरका लागि खुसीको विषय

२०८१ साउन ३० गते १५:०७

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित...

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा

२०८१ साउन ३० गते १५:०२

३० साउन, काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो आँैल्याउनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति...

मिडिया काउन्सिल विधेयकका विषयमा सरोकारवालासँग राय लिनुपर्छ : मन्त्री गुरुङ

२०८१ साउन २९ गते २१:२८

२९ साउन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिलको पदाधिकारी छनोट समिति र अध्यक्षलाई भ्रष्टाचार लागेको खण्डमा पदपूर्ति गर्ने प्रक्रियाबारे सरोकारवालासँगको राय सुझावका आधारमा अघि बढ्ने बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको आजको बैठकमा दफावार छलफलका क्रममा समिति सदस्यहरूले राख्नुभएको...

‘एसियन कोअपरेसन डायलग’ मा सहभागी हुन प्रधानमन्त्रीलाई कतारको निमन्त्रणा

२०८१ साउन २९ गते २१:२६

२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) मा सहभागी हुन कतारका राजाका तर्फबाट निमन्त्रणा प्राप्त भएको छ । प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार...

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैनः प्रधानमन्त्री

२०८१ साउन २९ गते २०:१७

२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताउनुभएको छ । आज महान्ययाधिवक्ताको कार्यालय अवालोकनपछि उहाँले सरकारबाट देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक कुनै काम नहुने भएकाले त्यसप्रकारको आन्दोलन सम्भव नभएको बताउनुभयो । सरकारी वकिलहरुलाई सम्बोधन गर्दै...

चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी छः मन्त्री भण्डारी

२०८१ साउन २९ गते ०:०७

२९ साउन, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताउनुभएको छ । नेपाल–चीन हिमालय मैत्री समाजले आज नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले नेपालको...

कर्णालीमा विपद्ः डेढ महिनाको अवधीमा २ करोड बढीको क्षति, नौको मृत्यु

२०८१ साउन १६ गते १९:५२

१६ साउन, काठमाडौं । कर्णाली प्रदेशमा गत जेठ २८ यता मनसुनजन्य विपद्का कारण रु दुई करोडभन्दा बढीको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा प्रदेशका १० जिल्लामा गरी रु दुई करोड २८ लाख ५५ हजार नौ सय ३७ बाराबरको...

अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले विवाह गरेको खुलासा, को हुन् युवक ?

२०८१ साउन १६ गते ११:३७

१६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय कथा वाचिका प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ले विवाह गरेको खुलासा भएको छ । छिमकी मित्रराष्ट्र भारतमा आध्यात्म प्रवचनमा तेस्रो नम्बरमा कहलिएकी २३ वर्षीया प्रतिभाले एक टेलिभिज कार्यक्रममा आफू अविवाहित भएको बताएकी थिइन् । तर उनले भारतीय युवक शैलेन्द्र नन्द...

सहकारी छानबिन संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै

२०८१ साउन १४ गते १२:१५

१४ साउन, काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ ।  सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ । जेठ १५ गते प्रतिनिधि सभाले गठन...