ताजा समाचार

‘पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ’

२०८१ साउन २९ गते २१:२४

२९ साउन, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवं १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका...

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेताहरूले गरे विद्रोह

२०८१ साउन २९ गते २१:१९

२९ साउन, काठमाडौँ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी (वर्षा) ,हरिब खाँ (विशाल) क.शिलु न्याैपाने (रोशी),...

सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

२०८१ साउन २९ गते २०:१९

२९ साउन, काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित...

माओवादी स्थायी समिति बैठक : अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा एकताबद्ध हुन आग्रह

२०८१ साउन २९ गते २०:१८

२९ साउन, काठमाडौँ । पछिल्लो राजनीति परिस्थितीलाई सही दिशामा अघि बढाउन र नेकपा (माओवादी केन्द्र) को गतिविधिलाई प्रभावकारी तुल्याउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सङ्गठिन हुनुपर्नेमा जोड दिइएको छ । माओवादी केन्द्रको स्थायी समितिको आजको बैठकमा आफ्ना धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक...

दलहरू जनचाहना विपरीत चल्नुहुँदैनः अध्यक्ष लिङ्देन

२०८१ साउन २८ गते २३:५९

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू नेपाली जनताको चाहना विपरीत चल्न नहुने बताउनुभएको छ । केदारेश्वर महादेवमणि सेवा आश्रम पोखराद्वारा आज मन्दिर परिसरमा आयोजित बोलबम पदयात्रापछिको धार्मिकसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राजनीतिक दर्शनभन्दा देश र धर्म ठूलो भएकाले दलहरूले...

यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा

२०८१ साउन १६ गते २१:०५

१६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम...

बाढी र डुबान : काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ७० जनाको उद्धार

२०८१ साउन १६ गते १९:५४

१६ साउन, काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढी र डुबानमा परेका ७० जनाको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट उद्धार गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सो क्रममा उपत्यकामा एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...

बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु

२०८१ साउन २ गते २०:२८

२ साउन, काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश...

मौसम सुधार नभएसम रात्री बस संचालन रोक्न सांसद पाण्डेको माग

२०८१ असार २९ गते १२:३१

२८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले बर्षा जारी रहुन्जेल रात्री बस संचालन बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले मौसममा सुधार नभएसम्म कम्तिमा भाद्र १५ सम्म रात्री बस संचालनमा रोक लगाउन माग गरेका...

राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह

२०८१ असार २९ गते १२:२५

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय...