६ जेठ, काठमाडौं । बाजुरा र हुम्लाको सीमा क्षेत्रमा उत्पन्न विवादले उग्र रूप लिँदा झडप भएको छ। घटनामा प्रहरीसहित पाँच जना घाइते भएका छन्। स्थानीयबीचको विवाद नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत ढुंगामुढा भएपछि स्थिति तनावपूर्ण बनेको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको छ भने...
माघ ८ काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। भोलि सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो।कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे...
माघ ८ काठमाडौं| घरेलु मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज भएको खेलमा खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भयो । नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा...
माघ ८ काठमाडौँः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका छन्। बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका केही स्थानीयहरू डराउन थालेको बताएका हुन्।सुकुम्बासी साथीहरुले भन्दै थिए,...
माघ ८ काठमाडौँः । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उनले प्रहरी...
माघ ८ काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’क्रमका हिंसात्मक घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिएको छ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगको म्याद थप्नेबारे छलफल पनि चलेको छ ।भदौमा तीन महिनाको कार्यादेशसहित...
माघ,७ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो ।...
माघ ७ काठमाडौँ। अमेरिकाले मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपाली नागरिकलाई काठमाडौं ल्याएर डिपोर्ट गरेको छ। डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन्, जो कागजात नभेटिएको वा गैरकानुनी रुपमा बसेका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुसँग सोधपुछ गरी परिवारका जिम्मा लगाएको छ...
माघ ७ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० त्यति...
माघ ७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोम अन्ततः प्रत्यक्ष उम्मेदवार बनेकी छन् । रास्वपाले नै उनलाई हुम्लाबाट टिकट दिएको हो । टासी यसअघि रास्वपाको बन्दसूचीमा आदिवासी जनजाति महिलाको क्लस्टरमा पहिलो नम्बरमा थिइन् । यदि त्यसमा कायम रहेको भए उनी...