झापाका सुकुम्बासीहरू डोजर लाउने मान्छे आए भनेर डराएका छन्ःओली

हाम्रो सन्देश संवाददाता


माघ ८ काठमाडौँः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका छन्। बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका केही स्थानीयहरू डराउन थालेको बताएका हुन्।सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए,ु उनले भने।

ओलीले नयाँ भन्दा भोट मात्रै खेर जान्छ भन्ने कुरा ०६४ मै पुष्टि भएको पनि बताए। ०६४ देखि न एक सिन्का विकास भयो। न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन,ु उनले भने, ु नयाँको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा।त्यसकारण नयाँ भन्ने बित्तिकै भोट दिन नहुने उनले बताए। बैंकले नोट छाप्दा त धितो जमानीबिना छाप्दैन । मान्छेलाई भोट हाल्नु हुन्छरु खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ ? उनले भने। बालेनका लागि झापामा गर्ने काम नै नभएको पनि ओलीले बताए।

राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन,ु उनले भने।