२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताएका छन् । सांसद शर्माले असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने भए...
२८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् । पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान...
२८ जेठ, जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ मजबुत भई दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन । मंगलवार जेनेभामा श्रम भण्डारी र मलेसियाका लागि मानव संशाधन मन्त्री स्टीभन सिम ची...
२७ जेठ, काठमाडौं । वैदेशिक रोजगारीको लागि बेलायत पठाइदिने बहानामा करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। दुबै जनालाई काठमाडौं महानगरपालिका-३२...
२७ जेठ, मुम्बई । बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ...
२५ जेठ, रौतहट । फतुवा विजयपुर नगरपालिका–४ का ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्। गत बैशाख २४ गते भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरी बल बेसक्याम्प दुधियाभारमा...
२५ जेठ, काठमाडौं । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् । जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण सो आन्दोलन बिचैमा तुहिन पुगेको उनले आरोप लगाएकी छिन् । उनले...
२५ जेठ, काठमाडौं । नेकपा एमालेमा दासहरू बढेको सो पार्टीका नेता कर्णबहादुर थापाले जनाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहदैँ आएका भनिएका नेता थापाले घुमाउरो पारामा त्यसको संकेत गरेका हुन् । नेपालको राजनीतिक इतिहासमा भीमशेन थापा र जंग बहादुर राणा...
२५ जेठ, काठमाडौं । नेकपा एमाले निकट अनेरास्वविुको २४ औँ केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ। पार्टीले ३२ वर्षे उमेर हदको मार्गदर्शन तयार गरेको कारण धेरै विद्यार्थी युवा नेताहरू स्थापित हुनेछन भने धेरैजसो नेताहरू यो महाधिवेशन पछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिने भएका छन्...
२५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन...