मुख्य समाचार

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

२०८० कार्तिक १८ गते ८:२०

१८ कात्तिक, काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका...

नेपालमा ६.४ रेक्टर स्केलको भूकम्प, दिल्ली–एनसीआर, बिहारमा पनि महसुस

२०८० कार्तिक १८ गते ०:१६

१८ कात्तिक, काठमाडौँ । शुक्रबार रातिको शक्तिशाली भूकम्पले दिल्ली-एनसीआरलाई हल्लायो, ​​तर स्थानीय अधिकारीहरूले कुनै चोटपटक वा गम्भीर क्षतिको तत्काल रिपोर्ट पाएनन्। शुक्रबार राति नेपालमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दिल्ली, नोएडा र गुरुग्राम र बिहार लगायत उत्तर...

पूर्व एआइजीपी चन्द र अभियन्ता बरालबीच विवाह गर्ने सहमति

२०८० कार्तिक १७ गते ११:३२

१७ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीका पूर्व एआइजीपी तथा समाजसेवी रण बहादुर चन्द र सामाजिक अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको छ । बिहिवार साँझ चन्द र बरालले संयुक्त रुपमा लिखित सहमति गरी केहिदिन पछि कानुनी प्रक्रियाबाट विवाह गर्ने सहमति गरेका हुन् ।...

महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम

२०८० कार्तिक १७ गते १०:३९

१७ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुहुन्छ । देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता एवं आवश्यकताका...

मदन भण्डारी विश्वविद्यालयले थाल्यो नवीन अनुसन्धानसँगै शैक्षिक कार्यक्रम

२०८० कार्तिक १६ गते २१:३१

१६ कात्तिक, काठमाडौँ । कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको छ । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी...

शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन

२०८० कार्तिक १६ गते १६:५८

१६ कात्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सङ्क्रमणकालीन विधेयक संसदको कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट...

रिगलको कैद मिनाहा सर्वोच्चद्वारा बदर, तत्काल पक्राउ गर्न आदेश

२०८० कार्तिक १६ गते १६:३२

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने...

परराष्ट्रमन्त्री साउद र अमेरिकी वित्त निगमका प्रमुख कार्यकारी नाथनबीच भेटवार्ता

२०८० कार्तिक १५ गते १०:४१

१५ कात्तिक, वाशिङटन डिसी । अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा उहाँहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल...

बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्योे : सांसद शर्मा

२०८० कार्तिक १५ गते १०:२९

१५ कात्तिक, काठमाडौँ । “संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ । जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन । संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति देखियो ।”, पछिल्लो एक वर्षको संसदीय अनुभव सुनाउँदै नेकपा (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले...

एमालेको मुख्य लक्ष्य मुलुक र जनताको समृद्धि : अध्यक्ष ओली

२०८० कार्तिक १३ गते २३:१८

१३ कात्तिक, काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताउनुभएको छ । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले भन्नुभयो, “दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर...