सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहयोग गर्ने प्रतिबद्धता

२०८० पुष २४ गते २२:१२

पुस २४, काठमाडौं । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमार्फत द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका जायज माग सम्बोधन गर्न...

नेकपा एसका केन्द्रीय सदस्य गुरुङले परित्याग गरे पार्टी

२०८० पुष २४ गते २१:२९

२४ पुस, बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देही अध्यक्ष राजु गुरुङले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिवसमेत हुन्। एमाले...

लिटिल बुद्ध तपस्वी’ रामबहादुर बम्जन पक्राउ

२०८० पुष २४ गते १९:४९

पुस २४, काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । कडायतले भन्नुभयो, “विभिन्न...

सर्बिया पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने दुई जना पक्राउ

२०८० पुष २४ गते १९:४६

पुस २४, काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै करिब ९ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका १ घर भई हाल ललितपुरको च्यासल बस्ने बिकास घले र सञ्जय लामाले टोकियो ओभरसिस कम्पनि दर्ता गरी वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु...

भक्तपुर उद्योग वाणिज्य संघद्वारा उदम विकास कोष स्थापना गर्ने

२०८० पुष २४ गते ११:३२

२४ पुस, भक्तपुर ।  भक्तपुर उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य, खेलकूद र उद्यमशिलाता विकास कोष स्थापना गर्ने घोषणा गरेको छ । संघका संस्थापक अध्यक्ष स्व. गणेशभक्त साखको स्मृतिमा आईतबार स्व. साखका परिवारजन र संघका पदाधिकारीहरु बीच भएको छलफलको क्रममा स्व. साखले संघ स्थपना र...

पुनर्जन्म हुने भन्दै श्रीलंकामा आत्महत्या गर्न लगाइएकाे घटना खुलासा, ७ को शव फेला

२०८० पुष २४ गते ११:२७

पुस २४, कोलम्बो । श्रीलंकाबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।    पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मंगलबार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले...

हुस्सु लागेको बेला महोत्तरीमा मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

२०८० पुष २४ गते १०:५२

पुस २४, काठमाडौं ।  महोत्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक दिलीपकुमार गिरीले बाए। मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली बिर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का...

भारतले २० करोड लगानी गर्न पाउने अधिकार दिदाँ राष्ट्रियता कमजोर हुन्छ: कमल थापा

२०८० पुष २० गते १९:५०

२० पुस, सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।   वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतिय...

सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति

२०८० पुष २० गते १९:०४

२० पुस, डुम्रे (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गर्नुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको...

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

२०८० पुष २० गते १८:५१

२० पुस, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको गोली लागेर एकजना युवाको ज्यान गएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको...