नेकपा एसका केन्द्रीय सदस्य गुरुङले परित्याग गरे पार्टी

हाम्रो सन्देश संवाददाता

२४ पुस, बुटवल ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देही अध्यक्ष राजु गुरुङले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि पार्टीमा निष्क्रिय रहँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचिवसमेत हुन्। एमाले एमाले विभाजित भएपछि समाजवादीको जिल्ला कमिटी स्थापनामा उनी नेतृत्वदायी भूमिकामा रहेका थिए।