
माघ ६ झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जिस्काउनु र बिच्काउनु महंगो पर्न जाने बताएका छन्। झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले केही युवाले धकेलाधकेल गरेको तर ठूलो झडप नभएको बताए।ओलीले अहिले देशमा आगो लगाउन लागिरहेका छन् र देश बचाउन अनुभवि नेतृत्व चाहिने बताएका छन्।
झापा–५ मा उम्मेदवारी दर्ता गर्न पुगेका ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।झापामा केहीबेरअघि ओली उम्मेदवारी दर्ता गर्न जाँदा केही युवाहरूले धकेलाधकेल गरेका थिए । तर, ओलीले त्यहाँ कुनै ठूलो झडप नभएको बताए ।
‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ । त्यो कसैले पनि नगर्दा हुन्छ,’ ओलीले उक्त घटनाप्रति संकेत गर्दै भनेका छन् ।
रास्वपा अहिलेको सरकार संरक्षित दल भएको बताएका हुन् ।‘अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन् । नयाँ पिँढिमा भ्रम छ । देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ ओलीले भनेका छन् ।