छोराले गरे आमाको हत्या

हाम्रो सन्देश संवाददाता

माघ ३ भक्तपुर । डिप्रेसनका बिरामी छोराले शुक्रबार आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

मध्यपुर ठिमी– ३ तेर्सेटारमा डेरा गरी बस्ने धनुषा, मिथिला नपा– ११ की ५० वर्षीया सरिता भण्डारीको हत्या उनकै २७ वर्षीय छोरा प्रवीणले गरेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । प्रवीण डिप्रेसनका बिरामी थिए ।

उनीहरु नारायण बोहराको तीन तले घरको पहिलो तलामा डेरा गरी बस्थे । मृतक भण्डारीको घाँटीको बायाँ भाग र टाउकोमा काटिएको थियो ।

आमाको हत्यापछि प्रवीणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरेका थिए । उनको अस्पतालमा उपचार भइरहेको छ ।