३ असोज, काठमाडौं ।
नेपाली समाजमा केहि त्यस्ता महिलाहरु पनि छन् जो समाजका हरेक क्षेत्रमा सक्रिय छन् अनि गुमनाम पनी । त्यस्तै महिलाहरुको भिडमा एक महिला हुन पुनम दिदि नामले चिनिने पुनम यादव ।
रौतहटको पटुवा विजयपुर गाउंपालिका वडा नं ७ मा पिता सरेन्द्र राय यादव र माता गीता यादवको कोखबाट जन्मिएकी यादब हाल ३८ वर्षकी भईन । सामान्य परिवारमा जन्मिएकी उनी पठाईमा तृष्ण थिईन । उनले गाउकै बिद्यालयमा कक्षा १२ सम्मको अध्य्यन पुरा गरि भारतको एक राजनिति शास्त्रमा मास्टर्स डिग्री हासिल गरेकी छिन् ।
अध्यय्न र अध्यात्मलाई संगसंगै लिएर हिडेकी पुनम बिभिन्न व्यवसायमा ससमेत संलग्न छिन् । टसुरिजम नेपाल नामक संस्थाकी अध्यक्ष समेत रहेकी उनले नेपालमा पर्यटन प्रवद्धन गर्न अनेकन कार्यक्रम संचालन गरेकी छिन् । सन २०२२ मा संयुक्त अरब ईमिरेट्समा आयोजित नेपाल ईभ टुरिजम उनकै आयोजनामा सम्पन्न भएको थियो जुन हालसम्मकै अद्धितिय कार्यक्रम हो ।
नेपालमा समयक्रम संगै हराउदै गएको सनातन वैदिक हिन्दु धर्मको जगेर्नाका लागी समेत उनले बिष्वप्रख्यात धार्मिक गुरुहरुसंगको सामिप्यतामा काम गरिरहेकी छिन । उनैको आयोजनामा गतवर्ष दुवईमा धार्मिक गुरु बागेस्वर बाबाको धार्मिक र आध्यात्मिक प्रवचन कार्यक्रम आयोजना गरिएको थियो ।
हालै मात्र नेपालका बिभिन्न स्थानमा बागेस्वर बाबाको धार्मिक कार्यक्रम आयोजना गर्ने तयारी भईरहेको छ । उनि केवल धार्मिक कार्यक्रममा मात्र होईन सामाजिक कार्यमा समेत उत्तिकै क्रियाशिल महिला हुन । व्यवसायीक कर्मबाट प्राप्त नाफा उनले सामाजिक काममै खर्चिने गरेको दृष्टान्त कसैका अगाडी लुकाएर लुक्दैन । यादबले २०७२ सालको भुकम्पको त्रासदीको समयमा देशका मसुख्य सहरमा अलपत्र नेपालीलाई सडकमा महिनौ सम्म निजी लगानीमा खाना खुवाउनेदेखी निशुल्क उपचार सम्मका काम गरेकी थिईन ।
सामाजिक काम गर्नेहरुले गर्ने भन्दा देखाउने दोब्बरको भिडमा पुनम एक यस्तो महिला हुन जसले एक हातले गरेको दान अर्को हातले थाहा पाउनुहुदैन भन्ने हाम्रो धार्मिक मान्यतालाई आत्मसाथ गरिरहेकी छिन् ।
“ईमान्दारीता, सत्यता र कतव्यनिष्ठता भयो भने कसैले देख्नुपर्दैन भगवानले देख्छन” यादबले भन्दैआएकी छन् । उनै यादबलाई हालको अन्तरिम सरकारमा मन्त्री बनाउनुपर्ने माग पनी चलिरहेको छ । तपाईलाई मन्त्री बनाउने कुरा चल्दै छ हो भन्ने प्रश्नमा यादबले भनिन् “खै मलाई त्यस्तो औपचारिक प्रस्ताव त आएको छैन् तपाईहरु जस्तै संचारकर्मि र सामाजिक संजालमा आएका कुराबाट थाहा पाएकी हु” । “मलाई पद हैन सेवा गुर्न छ, जहां बसेर भएपनी जन्मभुमिको सेवा गर्न सकुँ” यादबले भनिन् ।