धादिङमा बाढीले बगाएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

१३ भदौ, काठमाडौं ।

धादिङमा त्रिशूली नदीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकालिएको घटनामा २९ जना पक्राउ परेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जनाइएको छ।

बाढीको विपत्तिका बीच नदीले बगाएर ल्याएको बैंकको सेफ फेला परेपछि त्यसलाई फोडेर रकम निकालिएको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा निकायले जनाएको छ।