देउवाले भेट्न मानेनन् गगन विश्वप्रकाश

हाम्रो सन्देश संवाददाता

१७ पुष,काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गर्ने भनिएको वार्ता स्थगित भएको छ। देउवाले ५ बजे निवासमा महामन्त्रीद्वलाई छलफलको लागि बोलाएको भएपनि अन्तिम समयमा आएर रोकिएको हो।

सभापति देउवाको कार्यव्यवस्तताको कारणले छलफल आज नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।उनले भने, ‘सभापतिको कार्यव्यस्तताले आज नभएको हो। भोलि अनुकूल समय मिलाएर बोलाउँछु भन्नुभएको छ, समय जानकारी गराउनुभएको छैन।’

देउवाले आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग भेट गरेका थिए।महाधिवेशनको नियमित महाधिवेशन कांर्यतालिका प्रभावित भएपछि सभापति देउवाले महामन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्।