रमेश लेखकको स्थान हद फुकुवा

हाम्रो सन्देश संवाददाता

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।

बुधबार पुरक बयानलिएसँगै आयोगले उनीविरुद्धको स्थान हद फुकुवा गरेको हो । आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरेको जानकारी गराइसकेको छ ।

गत असोज १२ गते बसेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो