३ पुस, काठमाडौं ।

१०० घण्टा निरन्तर टेलिभिजन संवाद ‘नन–स्टप म्याराथन टिभी टक शो चलाइरहेका युवा पत्रकार गौरव पौडेलले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न अत्यधिक आर्थिक, प्राविधिक तथा व्यवस्थापन खर्च लाग्ने भएकाले आवश्यक सहयोग गर्न पनि अपिल गरेका हुन्। यो एतिहासिक कार्यक्रमलाई सम्पन्न गर्न सबैको साथ सहयोय उत्तिकै आवश्यक रहेको औल्याउदै पौडेलले फेसबुक मार्फत भनेका छन् ।

कार्यक्रम सञ्चालनमा आर्थिक अभाव हुन सक्ने बताउदै उनले आफ्ना आफन्त सुभचिन्तकहरुलाई सहयोग मागेका छन् । उनि आफ्नो सामाजिवक सञ्जाल फेसवुकमा लेख्छन् हजुर–हजुरहरूबाट जति सक्नु हुन्छ, त्यति मात्रामा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। हजुरहरूको सानो सहयोगले पनि यस ऐतिहासिक कार्यक्रमलाई सफल बनाउने ठूलो आधार प्रदान गर्नेछ। सहयोग, सद्भाव र साथका लागि हार्दिक धन्यवाद।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एक औपचारिक कार्यक्रमका बीच ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद ‘नन–स्टप म्याराथन टिभी टक शो’ को मंगलबार उद्घाटन गरेका थिए ।

युवा पत्रकार गौरब पौडेलले गिनिज वुक अफ वर्ल्ड रेकर्डस कायम गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा नन–स्टप म्याराथन टिभी टक शो सञ्चालन गरिरहेका छन् । प्राइम टेलिभिजनमार्फत निरन्तर टेलिभिजन संवाद कार्यक्रम भइरहेको छ। मंगलबारबाट सुरु गरेको टक शोमा उनले ५० घण्टा बढी समय पार गरिसकेका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि ६२ घण्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिजबुकमा रेकर्ड बनाएका थिए।