पूर्वराष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता,के के भयो छलफल ?

हाम्रो सन्देश संवाददाता

२१ मंसिर काठमाडौँ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबार विभिन्न मन्त्रालयसहित,सवारीसाधन र अन्य संरचनामा आगजनी गरेका थिए ।
आगजनीले खण्डहर बनेको सिंहदरबार परिसरका विभिन्न संरचनाको पुनर्निर्माणको क्रम चलिरहेको छ ।

जेनजी आन्दोलनकै क्रममा भंगालमा रहेको पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच त्यसयता पहिलो पटक भेटवार्ता भएको हो ।