अधिवक्ता यज्ञमणीलाई रास्वपाले गगन थापाको निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने चर्चा

हाम्रो सन्देश संवाददाता

१० मंसिर, काठमाडौं ।

जेनजी बिद्रोह पछि बनेको अन्तरीम सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिती तय गरेसंगै राजनीति दलहरू चुनावी तयारीमा लागेका छन् । यसैबीच कुन राजनीति दलबाट कुन निर्वाचन क्षेत्रमा को उम्मेदवार बन्छन् भन्ने चाँसोको विषय बनिरहेको छ । राजनीति दलहरूले निर्वाचन केन्द्रीत गतिविधि बढाएका छन् भने दलका नेताहरू समेत टिकटका लागि आन्तरिक दौडधुप बढाईरहेका छन् । निर्वाचनको मिती नजिकिए संगै यता राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति समेत रहेका पुर्व गृहमन्त्री रबि लामिछानेका अधिवक्ताका रुपमा परिचीत अधिवक्ता यज्ञमणी न्यौपानेलाई रास्वपाले गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारका रुपमा अघि सार्ने चर्चा राजनीति बृतमा भैरहेको छ । बैकल्पिक राजनीति शक्तिका रुपमा उदाएको रास्वपाले पुराना राजनीति दलको वर्षौं देखि बिरासतका रुपमा रहेको निर्वाचन क्षेत्र आफ्नो पकडमा ल्याउने गरि उम्मेदवार बनाउने आन्तरिक तयारी थालेको बताइन्छ ।

यसै बीच काठमाडौं क्षेत्र नम्बर ४ बाट अधिवक्ता न्यौपानेलाई उम्मेदवार बनाउने गरि रास्वपाका शीर्ष नेताहरू बीच छलफल चलिरहेको श्रोतले जनाएको छ । श्रोतका अनुसार रास्वपा भित्र आन्तरिक छलफल चलिरहेको छ । पार्टीले औपचारिक घोषणा भने गरेको छैन। गगन थापा संग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार अधिवक्ता न्यौपाने हुन सक्ने निष्कर्ष सहित पार्टी भित्र छलफल चलिरहेको बुझिएको छ । तर यता अधिवक्ता न्यौपाने भने आफुले यो विषयमा आधिकारिक जानकारी नपाएको बताउदै पार्टी भित्र छलफल पश्वात आफुलाई उम्मेदवारका रुपमा अघि सारे प्रतिस्पर्धा गर्न तयार रहेको संकेत गरेका छन् । तर उम्मेदवार नै बनाउन लागेको भन्ने एकिन भने हुन सकेको छैन । थापाको निर्वाचन क्षेत्रमै गगन संग प्रतिस्पर्धा गर्ने गरि उम्मेदवार बनाउने चर्चा भैरहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका महामन्त्री समेत रहेको युवा नेता गगन थापाको निर्वाचन क्षेत्रको हो। गगन थापालाई नै काउण्टर दिने गरि अधिवक्ता न्यौपानेलाई उम्मेदवार बनाएर बनाएर निर्वाचनमा होमिने आन्तरिक तयारीमा रास्वपा जुटेको खुलेको छ । थापाको पकड क्षेत्रका रुपमा चिनिएका काठमाडौं क्षेत्र नम्बर ४ मा रास्वपा गगनको विरासत भत्काउने गरी प्रतीस्पर्धामा उत्रीने देखिन्छ ।

यद्यपि गगन थापा संगको प्रतिस्पर्धा त्यति सहज भने हुने देखिदैन। गगन थापा संग प्रतिस्पर्धा गर्नु यज्ञमणीका लागि फलामको चिउरा चपाउनु सरह कठिन विषय भएपनि रास्वपा भने गगन थापालाई पराजित गर्ने उदेश्यका साथ मैदानमा होमिने देखिन्छ । रबिका प्रमुख बिरोधि मानिएका गगनलाई जसरी पनि निर्वाचन मार्फत पछार्ने गरि आन्तरिक तयारी गरिरहेको चर्चा राजनीति बृतमा भैरहेको छ । पछिल्लो समयमा नेपालको राजनीतिमा पुराना राजनीति दल प्रतिको बढ्दो बितृष्णा,च्रम असन्तुष्टि व्याप्त छ। यसैक्रममा पुराना राजनीति दलबाट आजित नेपाली जनता नयाँ बैकल्पिक राजनीति शक्ति प्रती बढी आकर्षित छन् । स्थापनाको छोटो समयमै पहिलोपटक संसदको चौधौं राष्ट्रिय शक्ति बन्न सफल रास्वपा छोटो समममै पाएको जनसमर्थनबाट निकै उत्साहीत छ । पछिल्लो समयमा पुराना राजनीति दल त्यागेर रास्वपाको पार्टी कार्यालयमै पुगेर पार्टी प्रवेश गर्ने क्रम पनि जारी छ। दिनैपिछे रास्वपामा प्रवेश गर्नेहरूको जनलहर उत्साहजनक रहेको रास्वपाका नेताहरूको दाबी छ ।

यतिमात्र होईन रास्वपा निकट नेताहरु आगामी निर्वाचनमा रास्वपा देशकै निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरिरहेका छन् । देशनै रास्वपामय बन्ने र देशभर रास्वपाको जनलहर हेर्दा रास्वपा अबको निर्वाचन मार्फत पहिलो दल बन्ने जिकिर पनि गरिरहेका छन् । रास्वपा प्रतिको जनसमर्थन र उत्साहबाट हौसिएका रास्वपाका नेताहरु पुराना राजनीति दलको दशकौँ देखीको बिरासत भत्काउने गरि उम्मेदवारी दिन लागेका छन् । यसैबीच न्यौपानेले पनि नेपाली कांग्रेसका बलियो नेता गगन थापा संग प्रतिस्पर्धा गर्न लागेको चर्चा भैरहेको छ ।