१८ कात्तिक, काठमाडौं ।

सोफा तथा फर्निचर उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँले १० जनालाई निशुल्क थाईल्यान्ड भ्रमण गराउने भएको छ । कम्पनीले दशैँ तिहारको अवसरमा खुसी साँटासाँट गर्न ल्याएको ‘दसैँ तिहार झड्का’ अफरको विजेता घोषणा गर्दै १० जनालाई थाईल्यान्ड भ्रमण गराउने जानकारी गराएको हो।
गत मंगलबार भक्तपुरमा आयोजित एक समारोहका बिच कम्पनीले लाइभ ‘लक्की ड्र’मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरिएको सोफा हबका सीईओ तारालाल धरेलले जानकारी दिएका छन् ।
सिईओ धरलले दिएको जानकारी अनुसार थाईल्यान्ड भ्रमण जानेमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलाल रहेका छन् ।
कम्पनीले नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जनालाई निःशुल्क थाइल्यान्ड भ्रमण उपहार अफर ल्याएको थियो ।
उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता जनाए ।
स्थापना कालदेखि नै कम्पनीले गुणस्तरीय र आधुनिक डिजाइनका फर्निचरहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको सिईओ तारालल धरेललेको भनाई थियो । नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।
यता थाईल्यान्ड भ्रमणको अवसर पाएका ग्राहकहरुले भने निशुल्क भ्रमण गर्ने अवसर प्रदान गरेको भन्दै कम्पनीलाई धन्यवाद दिएका छन् । यो आफुहरुका लागि गर्वको विषय भएको पनि उनीहरुको भनाई छ । यस्ता कार्यक्रमहरुले कम्पनी र ग्राहकबीचको सम्बन्ध अझ बलियो बन्दै जाने र आपसी समझदारी थप मजदुर बन्ने उनीहरूको बिश्वास छ । यस्ता कार्यक्रमहरुले ग्राहक र कम्पनी बीचको सम्बन्धलाई जीवन्त बनाईराख्ने उनीहरू बताउन्छन् ।