रवीन्द्र मिश्र र दुर्गा प्रसाई थप ५ दिन हिरासतमा बस्नु पर्ने

हाम्रो सन्देश संवाददाता

३० बैशाख, काठमाडौं ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ।

 

उनीसँगै बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलगायत पनि थप ५ दिन हिरासत बस्ने भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरू माथी राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दा चलिरहेको छ ।