काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ ।
कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरिएको हो।
नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सम्झौता कार्यक्रम अप्रिल २५ मा वर्ल्डलिंकको प्रधान कार्यालय जावलाखेलमा एक समारोह बीच सम्पन्न भयो । सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए ।
निर्देशक अग्रवालले भने, ‘यी ६ जना क्रिकेट खेलाडी प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्- जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ। उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्ड लिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं।’
मुख्य कार्यकारी अधिकृत नेपालले भने,’ नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ । गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो, र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ। यो सहकार्य केवल ब्राण्ड प्रवर्द्धन होइन, नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता हो।’
उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
१९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्सलिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो। देशभरि १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्याउँदै आएको वर्ल्डलिंकले उच्च गतिको ब्रॉडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ।