७ चैत, काठमाडौं ।
नेपाल बार एसोसिएसन केन्द्रिय कार्यसमितिको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले सरकारले उठाएको उम्मेदवारले जित्यो भने न्यायालय आफै अन्यायमा पर्ने बताएका छन।
विगत ४ दशकदेखि लामो कानुनी अनुभव बटुलेका श्रेष्ठले नेपाल बार एसोसिएसनमा दलगत राजनीतिक हस्तक्षेप हुँदै आएकाले नेपालको समग्र न्याय क्षेत्र नै कमजोर बनेको जिकिर गरेका छन। उनले भनेका छन,नेपाल बारमा नेतृत्व गर्ने केन्द्रिय समिति सरकारभन्दा बाहिरको हुनुपर्नेछ। मसहित मेरो सम्पूर्ण प्यानल विजयी भएमा बारलाई नयाँ सोंच, नयाँ भिजन र नयाँ उद्देश्यका साथ चलाउने, देशभरका वकिललाई नयाँ प्रविधि र नयाँ सोंचको तालिम दिएर अभिमुखिकरण गर्ने र महिला कानुन व्यवसायको हकहितको लागि सुत्केरी कोष खडा गर्ने प्रतिबद्धता समेत श्रेष्ठले जायर गरेका छन।
सुनसरी, सिराहा, सप्तरी, रौतहट, बारा लगाएतका जिल्ला अदालतका बारहरुमा वरिष्ठ अधिवक्ता श्रेष्ठले भनेका छन, अदालतमा कानुनी हस्तक्षेप भयो भने हामी अदालतको पहरेदार भएर रक्षा गर्छौँ। यदि अदालतमा संविधान, कानुन, नजिर र तथ्यविपरित फैसला भएमा हामी अदालतको प्रतिपक्ष भएर उभिन हरदम तयार हुन्छौँ। नेपाल बारलाई राजनीतिक हस्तक्षेपबाट बचाउने हो भने मतदान गर्दा वकिल भएर गर्नुस कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा भएर नगर्नुस।
बारलाई प्रभावकारी बनाउन घुसखोरिको अन्त्य गर्नुपर्छ तर अध्यक्ष पदका प्रतिद्वन्दी पूर्णकालिन कानुन व्यवसायी नभएर आंशिक कानुन व्यवसायी भएकाले बारलाई प्रभावकारी बनाउन नसक्ने समेत जिकिर गर्दै न्याय क्षेत्र बचाउनको लागि व्यवसायिक कानुन व्यवसाय समुहलाई मतदान गर्न देशभरका मतदातालाई आग्रह गरेका छन।
नेपाल बार एसोसिएसन केन्द्रिय कार्य समिति -२०८१ को निर्वाचन यहि चैत्र २३ गते हुने भएको छ।