६ चैत, काठमाडौं ।
नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका रमन कुमार श्रेष्ठलाई फूल माला लगाएर जनकपुर बार एसोसिएसनले भव्य स्वागत गरेको छ।
नेपालको न्याय क्षेत्रमा भएको बेथिति, बिसंगती र अन्यायलाई निर्मुल पार्ने स्पष्ट भिजन सहित चुनावी मैदान उत्रेका श्रेष्ठ सहितको समस्त प्यानललाई जनकपुर बारका अधिवक्ताले सम्मानसहित भव्य स्वागत गरेका छन।
व्यवसायिक कानुन व्यवसायी समुहबाट उम्मेदवारी दिनुभएका अध्यक्ष पदका लागि रमन कुमार श्रेष्ठ,महिला उपाध्यक्ष पदका लागि दिना श्रेष्ठ, महासचिव पदका लागि यज्ञमणि न्यौपाने, सातवटै प्रदेशबाट उपाध्यक्ष र अन्य, खुल्ला, जनजाति, आदिवासी, मधेशी(समावेशी) सदस्य गरि २५ जनाको समूह जनकपुर बारमा पुग्दा यस्तो सम्मान भएको हो।