हामी कानुनी व्यवसायी हौँ, राजनीतिकर्मी होईनौँ : वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ

हाम्रो सन्देश संवाददाता

४ चैत, काठमाडौं ।

नेपाल बार एसोसिएसनको केन्द्रिय समितिको निर्वाचन २०८१ का लागि व्यवसायिक कानुन व्यवसाय समुहबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका रमन कुमार श्रेष्ठले आफू र आफ्नो प्यानल राजनितीकर्मी नभई कानुन व्यवसायी रहेको जिकिर गरेका छन।

२०८१ चैत्र ३ गते सिन्धुलीको उच्च अदालत र उदयपुरको जिल्ला अदालतमा सम्बोधन गर्दै श्रेष्ठले नेपाल बारमा हुने राजनितिक हस्तक्षेपको अन्त्य गर्ने र नेपालको समग्र न्याय क्षेत्रमा स्वच्छता, स्वतन्त्रता र दक्षता ल्याउनुपर्ने बताएका छन।

प्रधानन्यायाधीशसँग आँखा जुधाएर बोल्न सक्ने नेतृत्व बारलाई चाहिएको कुरा उनले बताए।
सोही प्यानलका महासचिव पदका उम्मेद्वार अधिवक्ता यज्ञमणि न्यौपानेले देशको न्यायपालिका नै दलगत चपेटामा परेको र यसलाई चिर्न जस्तोसुकै परिस्थितिमा पनि आफू तत्पर रहेको कुरा स्पष्ट पारेका छन।

देशभरका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएसनको निर्वाचन ३ वर्षको अन्तरालमा हुने गर्दछ।