दुर्गा पर्साइले गरे भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको पुस्तक विमोचन

हाम्रो सन्देश संवाददाता

२७ पुस, काठमाडौँ ।

भारत बर्षका सन्त राजनेता नरेन्द्र मोदि नामक पुस्तक आज काठमाडौँमा विमोचन गरिएको छ । लेखक एवं साहित्यकार श्रीधर प्याकुरेल द्वारा नेपाली भाषामा अनुवाद गरिएको उक्त पुस्तक मेडिकल ब्यबसायी एवं राष्ट्र,राष्ट्रियता,धर्म संस्कृत तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले विमोचन गरेका हुन् ।

उक्त पुस्तक राष्ट्रिय एकताका प्रतीक एवं नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर काठमाडौँको जोरपाटीमा बिमोचन गरिएको हो ।

बिमोचनमा बोल्दै अभियान्ता दुर्गा प्रसाईंले आफू भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको बिचारबाट प्रभावित भएको बताएका थिए ।

नेपाल र भारत बिचको सम्बन्धमा पछिल्लो समय आएको उतारचढाब लाई संकेत गर्दै प्रसाईंले छिमेकी देश भारत संग मिलेर अगाडि बढ्नुको बिकल्प नभएको बताए ।

ओली नेतृत्वको सरकारले भारत चिढाएर नेपालमा राष्ट्रवादी बन्न खोजेको आरोप लगाएका प्रसाईंले नेपालले भारत चिढाएर होइन भारत संग हातेमालो गरेर अगाडि बढे मात्रै नेपालको हित हुने र नेपाल र नेपाली हित भए मात्रै राष्ट्रवादी नेता बन्न सकिने समेत बताए ।
यस्तै राजसंस्थाको विकल्प नभएको भन्दै राजसंस्थाका पुनःस्थापनका लागी सबै नेपालीले एकजुट भएर यो ब्यबस्थाको विरुद्ध आन्दोलन गर्नुपर्ने जिकिर गर्दै देशको एकता र समृद्धि बाहक केवल शिरमा राजसंस्था भएको ठोकुवा गरे ।