२६ पुस, काठमाडौं ।
समाजवादी मोर्चा फेरी सक्रिय हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएसँगै बिभिन्न गतिबिधि सुरू गर्न लागिएको हो ।
सिंहदरबारमा भएका नेकपा माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहितको भेटमा मोर्चालाई सक्रिय बनाउने सहमति भएको नेताहरूले बताएका छन् ।
आगामी माघ २ गते समाजवादी मोर्चाका ४ घटकहरुसँग छलफल हुनेछ ।