लेखा समितिका सभापति पोखरेलका स्वकिय सचिव जिम्मेवारीवाट मुक्त

हाम्रो सन्देश संवाददाता

१९ पुस, काठमाडौं ।

आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाइ लेखा समितिका सभापतिले निष्काषन गरेका छन । 

मेडिकल अध्ययन मामिलामा रकम लिएको खुले पछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काषन गरेको हुन् ।

एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकिय सचिव अनिलले रकम लिएको सार्बजनिक भएर अदालतमा समेत मुद्दा परे पछि उनलाइ निष्काषन गरिएको हो ।

उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा  परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।