३० साउन, काठमाडौं ।
संघीय संसदमा मुखमा टेप लगाएर विरोध गरेको आरोपमा प्रहरीले एक जना युवालाई नियन्त्रणमा लिएको छ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन चलिरहँदा अछाम घर भएका दीपक देवकोटाले मुखमा टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
सोही अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । देवकोटा संसद् भवन कम्पाउण्डमा कसरी प्रवेश गरे भन्नेबारे प्रहरीले हाल अनुसन्धान गरिरहेको छ ।
हालै देशव्यापी रूपमा सुरु भएको युवा बिद्रोह संसद भवन सम्म छिरिसकेको आँकलन गरिएको छ प्रधानमन्त्री बोलिरहँदा संसद भवन भित्र मुखमा टेप टाँसेर बिरोध गरिएको छ।
सामाजिक सञ्जालमा पक्राउ गरिएका युवाको रिहाइका लागि दबाब सृजना भइरहेको देख्न सकिन्छ।