२४ जेठ, काठमाडौं ।
चर्चित अभियान्ता दुर्गा प्रसाईले शिक्षा मन्त्री सुमना श्रेष्ठको बैवाहिक बिषयलाई लिएर फेसबुकमा लामो पृष्ठमा स्टाटस लेखेका छन्। केपी ओलीले सुमनाको बिषयमा दिएको अभिव्यक्तिलाई लिएर हिजो सुमनाले आफू बिदेशी संग बिहे गर्दैमा देश द्रोही नभएको भन्दै स्टाटस लेखेकी थिइन्। तत्कालै राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले यस्तो स्टाटस लेखेका हुन्।
माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ ।।
तपाईले बिदेशी संग बिहे गरेर गलत गर्नुभएको होइन र देशद्रोह पनि गर्नुभएको छैन । सत्य त के हो भने तपाईले बिहे गरेर अत्यन्त ठिक गर्नुभएको र देश भक्तीको महिमागान गाउनु पर्ने त्यस्तो कुनै औलोकिक काम गर्नु भएको पनि छैन । हो,तपाई नेपाली हो त्यसमा दुईमत छैन । तपाई नेपालकै छोरी हो त्यसमा पनि दुईमत छैन । यधपी तपाईले बिदेशी बिहे गरिसकेपछि नेपालको राजकीय र शासकीय सत्ता जो नेपाली जनतामा निहित छ त्यसको कुनै पनि पदमा तपाई बस्न मिल्दैन र हुँदैन । किन हुँदैन ..?
यसकारण हुँदैन।
* तपाईको परिचय पुर्ण रुपमा नेपाली थियोे अब पुर्ण रुपमा नेपाली रहेन यसकारण मिल्दैन ।
* देश नियमले चल्छ । रिति थितीले चल्छ । त्यसका केही त्यस्ता अकाट्य सिमा छन जसलाई कुनै कुराले काट्न सकिदैन ।
* देशको आन्तरिक गोपनियता र कुटनैतिक मामिलाका बिषयमा,देशको राष्ट्रिय अस्मिताको बिषयमा जसको परिचय नै पुर्ण रुपमा नेपाली होइन उसलाई कसरी बिश्वास गरेर महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने ..?
* यो नेपालमा मात्रै होइन सन्सारका धेरै देशमा सांसद र मन्त्री बन्न केवल श्रीमान् श्रीमतीको राष्ट्रिय परिचय सोही देशको मात्रै नभएर उनका तिन पुस्ताको परिचय त्यो माटो संग जोडिएको हुनुपर्छ ।
* तपाई प्रती हाम्रो पुर्ण बिश्वास भएपनि, तपाई संगै मेरो देशको सरकारी मन्त्री क्वाटरमा बस्ने अपरिचित फिरङ्गी जसले हाम्रो Tax बाट बिदेशी भोजन गरेको छ त्यसको चरित्र र नेपाल संगको साइनोका बारेमा हामी अनबिज्ञ छौं ।
* यि र यस्ता बिषय धेरै देशको कानुनमा लिपिबद्द भएपनी मेरो देशको कानुनमा लिपिबद्द नहुनु नै दुर्भाग्य भएका कारण आज तपाई मन्त्री हुनुभएको छ ।
* तपाई हाम्रो नजरमा चेली भएपनि तपाईको परिचय फिरङ्गी ज्वाइँ संग जोडिएको छ र त्यस्तो पात्र मन्त्री हुनु भनेको देशको स्वाधीनता र राष्ट्रिय अस्मिता माथी प्रश्न उठ्नु हो । यसकारण मिल्दैन।
* अहिले सांसद मन्त्री भएकाले तपाई यो देशमा हुनुहुन्छ जुन दिन तपाईको पद सकिन्छ त्यो दिन तपाई फिरङ्गी ज्वाइँको बुइ चढेर देश छोडेर जानू हुन्छ । हामिले तपाईलाई हाम्रो मन्त्री कसरी भन्ने..? यसकारण तपाई मन्त्री बन्न मिल्दैन थियो र अहिले पनि मिल्दैन।
माननीय सुमना श्रेष्ठ तपाई संग भावनात्मक प्रेम छ । संमान छ । तपाईको अटुस साहस प्रती साथ पनि छ । त्यो भन्दैमा तपाईले आफ्नो ब्यक्तिगत स्वार्थमा बिहे गर्नु भएको फिरङ्गी ज्वाइँको परिचय संग मेरो देश र मेरो देशको सरकार माथी उठेका प्रश्नको बारेमा हामीलाई सैह्य छैन र हामिले त्यसमा कमा,थोप्लो कुनै सम्झौता गर्न सक्दैनौ । त्यो मेरो आफ्नै छोरी भएपनी सक्दैनौं ।त्यो स्वयं म आफैं भएपनी एउटा देशभक्त कुनै नेपालीले त्यो सहन सक्दैन । सत्ताको भोगमा डुबेको महाकाली बेच्ने देशद्रोही केपी ओलीले तपाईलाई के भने त्यो म जान्दिन । तपाई हाम्रो चेली मात्रै बन्न योग्य हुनुहुन्छ । मन्त्री बन्ने,या मुलुकको शासन सत्ता हाक्ने नैतिक र राष्ट्रियताको आधार तपाई संग रहेन र छैन । सुमना तपाईमा राष्ट्रभक्ती होला तर तपाई संग जोडिएको फिरङ्गि ज्वाइँको परिचयका कारण म मेरो देश माथी उठ्ने कुनै पनि प्रश्नलाई लिएर सम्झौता गर्न सक्दिन ।
दुर्गा प्रसाईको यो स्टाटस समाजिक संजालमा भाइरल भएको छ।