र्‍यापर रेड क्यापको नयाँ र्‍याप गीत ‘‘लेभलको गाना’’ सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

र्‍यापर गाैरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै आधिकारिक युट्युब च्यानल रेडक्याप म्युजिकमार्फत पौडेलले ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

पौडेलले आफ्नो जन्म दिनको अवसरमा नयाँ गीत सार्वजनिक गरेका हुन् । र्‍यापमा शब्द, कम्पोज र स्वर पौडेलकै रहेको छ । उनका यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् ।

पत्रकार समेत रहेका पौडेल पूर्व नेपाल प्रेसकर्मी हुन् । पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेका पौडेलले आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्छन् ।

भिडिओः