दुर्गाको पक्षमा सर्वोच्चको आदेश नमान्ने भन्दै बर्बराउन थाले डा.गोविन्द केसी

हाम्रो सन्देश संवाददाता

१३ चैत, काठमाडौं ।

“ढोङ्गी साधुले धेरै खरानी घस्छ” भन्ने कथन र नेपाली समाजमा प्रचलित कथन हो । अहिले डा.गोविन्द केसीको स्थिति पनि ठिक त्यस्तै देखिन्छ ।दुर्गा प्रसाईको बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने सर्वोच्चको आदेशको बिरोधमा डा.केसी बर्बराउन थालेका छन्। स्वास्थ शिक्षामा लोकरिझ्याइ ढोङ्गको ढुसी फैलाएर अब्यबहारिक र असन्तुलित मागको चाङ सहित गोबिन्द केसीको अनशनले नेपालको मेडिकल शिक्षा तहसनहस बनाएको कुरा स्वास्थ्य शिक्षाका कैयन जानकारले पछिल्लो समय भन्दै आएका छन् ।

जसले गर्दा मेडिकल ब्यबसायबाट राज्यलाई प्राप्त हुने खर्बौं राजस्व मात्रै नभएर चिकित्सा क्षेत्रको जनशक्तिमा उत्पादनमा समेत राज्यले ठुलो क्षती व्यहोर्नुपरेको कुरा अकाट्य जस्तै छ । मेडिकल क्षेत्रमा संभावना देखेर आफ्नो अर्बौं लगानी गरेका मेडिकल ब्यबसायी दुर्गा प्रसाईं जस्ता लागानी कर्ताको लगानी खरानी बनाउने सपना देखेका डा.गोविन्द केसी र तिनलाई परिचालन गर्ने आन्तरिक र बाह्य तत्वलाई पछिल्लो सर्बोच्चको आदेशले ठुलो झट्का लागेको सहजै अनुमान गर्न सकिन्छ ।

जसको ज्वलन्त उदाहरण दुर्गा प्रसाईंको बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने सर्बोच्च अदालतको आदेशको विरुद्ध डा.गोबिन्द केसी आफैं सर्वोच्चका श्रीमान भन्दा माथील्लो दर्जाका न्यायाधीश झै गरि बर्बराउन थालेका छन् ।

एक पछि अर्को गर्दै असन्तुलित,अब्यबहारिक र अनावश्यक मागको चाङ लगाएर अनसन बस्ने र त्यसको पछाडी डलर डविङ मिडिया अनि नागरिक समाज हुँदै,दल र तिनका नेता कार्यकर्ताले सम्मले साथ दिदा आज मेडिकल शिक्षामा राज्यले ठुलो घाटा ब्यहोर्नु परेको छ ।जसको ब्रेन वासमा जनताको अपार समर्थन डा केसीले पाएका थिए।

सामान्य,सरल र सादकी जीवन शैलीमा झोलामा सिटामोल बोकेर हिड्ने डा.केसीको ढोङ्गी अवतारको प्रतिकारमा खुल्ला रुपमा बोल्ने साहस चिकित्सा क्षेत्रलाई चिने जानेका प्रतिष्ठित ब्यक्ति कसैले गर्न सकेनन् ।
तत्कालिन समयमा नै मेडिकल ब्यबसायी दुर्गा प्रसाईंले भने डा.केसीका अधिकतम माग मुलुकको चिकित्सा शिक्षा हित प्रतिकुल भएको र यसले चिकित्सा प्रणालीमा ठूलो असर पर्ने अभिव्यक्ति दिदै हिडे। डा केसीको बिरुद्द लागेको भन्दै दुर्गा प्रसाई मेडिकल माफियाको ट्याग भिर्न बिवस भए। उनलाई मेडिकल माफियाको उपनाम दिन थालियो। यसअघि प्रचण्ड र केपी ओलीलाई मार्सी चामलको भात खुवाएकाले उनले मार्सी उपनाम पाएका थिए।

कुनै समय मार्सी हुदैँ मेडिकल माफियाको उपनाम पाएका दुर्गा प्रसाईं आज बित्तिय अराजकताको बिरुद्द अभियान चलाउने शक्तिशाली अभियान्ताको परिचय बनाउदा मेडिकल माफियाको उपनाम डा.गोबिन्द केसीको भागमा परेको छ । “सबर कर भाइ आफ्ना टाइम आएका”भन्ने हिन्दी डाइलग जस्तै दुर्गा प्रसाईंले मुद्दा जित्नु बि एण्ड सिले सम्बन्धन प्राप्त गर्नु अहिले गोबिन्द केसीका लागी सबै भन्दा टाउको दुखाइको बिषय बनेको छ ।

कुनै समय थियो, डा. केसी अस्पतालको बेडमा इन्जेक्सन बाट भिटामिन सहितको पौष्टिक औषधी लिएर अनशन बस्दा मुलुकमा तेस्रो बिश्व युद्ध भए जस्तो कोकोहोलो मच्चिने गर्थ्यो । जनताको मानसिकतामा मेडिकल ब्यबसायी प्रती विष घोल्ने काममा डा.केसी सफल थिए। उनले राज्य सत्ता लाई नै घुडा टेकाएर आफ्नो माग सम्बोधन गर्न बाध्य तुल्याउदा नेपालको मेडिकल शिक्षा तहसनहस पार्न उदृत बिदेशी एजेन्ट देखी नेपालमा बिधार्थीको नाममा युवा बेच्ने कारखाना खोलेका शैक्षिक इन्सिटियुसन खुसीले गदगद देखिन्थे। आज अनसन बसेकै ठाउँ बाट डा केसी लखेटिएका घटनाले उनी मानसिक रुपमा बिच्छिप्त हुन थालेको आंकलन धेरैले गर्न थालेका छन्।

जसको पछिल्लो उदाहरण उनी सम्मानित सर्वोच्चको आदेश चिकित्सा शिक्षा कानुनको बर्खिलाप भएको भन्दै अदालतका न्यायमुर्तीलाई न्यायको सिद्दान्त पढाउन थालेका छन् । डा.केसीका कारण मुलुकले चिकित्सा शिक्षा क्षेत्रमा ठुलो घाटा बेहोर्नु परेको र त्यसमाथि पछिल्लो अभिव्यक्तिमा सर्वोच्च अदालतको आदेशको अपहेलना गर्ने खालको अभिव्यक्ति दिएको प्रष्ट देखिन्छ। यस्तै अभिव्यक्ति जारी रहेमा उनका उपर अनुसन्धान गर्नु पर्ने जिकिर कानुनका जानकारहरुको छ । गलत नियतका साथ मुलुकको हित प्रतिकुल हुने गरि राष्ट्रिय अन्तराष्ट्रिय गिरोह संग सम्बन्धकै बलमा उनले अराजकता मच्चाएको भन्दै डा केसी माथी अनुसन्धान हुनु पर्ने कुरा समाजिक वृतमा बहस हुन थालेको छ।

त्यसो त सम्मानित अदालतको आदेश नमान्ने छुट कार्यकारिणी अधिकार भएको प्रधानमन्त्रीलाई समेत नभेकाले डा.केसीको दुर्गा प्रसाईं र बि एण्ड सि मेडिकल कलेज लाई सम्बन्धनका बिषयलाई लिएर गरिएको टिप्पणीको कुनै तुक देखिदैन ।

डा केसीको पछिल्लो अभिव्यक्ति पछि हाम्रा संवाददाताले दुर्गा प्रसाई संग सम्वाद गरेका छन्। दुर्गाका अनुसार “डा केसीले चिकित्सा शिक्षा आयोग,स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय देखि प्रधानमन्त्री सम्मलाई अनसन नै बसेर हो मा हो मिलाउन बिवस बनाउछु भन्ने सपना सर्वोच्चको पछिल्लो आदेशले पानीको फोका जस्तै बनाएपछि बर्बराउनु लाई अस्वभाविक मान्न नमिल्ने टिप्पणी दुर्गा प्रसाईले दिएका छन्। दुर्गाका अनुसार डा केसीको मानसिक सन्तुलन ठिक नभएकाले उनलाई उपचारको खाचो भएको बताएका छन् ।”

डा केसीको मानसिक उपचारमा लागेको सम्पूर्ण खर्च समेत आफैले बेहोर्ने दुर्गाले बताए।