सर्वोच्चले दियो दुर्गा प्रसाइलाइ न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

हाम्रो सन्देश संवाददाता

१२ चैत, काठमाडौं ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाइ न्याय दिलाएको छ ।

न्यायधिसद्दय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाइ आदेश दिएको छ । 

 

बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो, जसको आज आदेश दिइएको हो ।  

 

मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।