भागवत आचार्य सितलकृष्णद्वारा श्रीमतीमाथि निर्घात कुटपिटको आरोप

हाम्रो सन्देश संवाददाता

८ चैत, काठमाडौं ।

चर्चित भागवत वाचक आचार्य श्री शीतलकृष्णजी महाराजले श्रीमती सुकृति पौडेल भुसाललाई निर्घात रुपमा कुटपिट गरेको तथ्य बाहिरीएको छ। हिन्दु परम्परा अनुसारनै मागी बिबाह गरेकी श्रीमतीलाई धर्मगुरु भनेर चिनिने आचार्य सितलकृष्ण जी महाराज उर्फ सितलकृष्ण भुसालले मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप छ

सितलकृष्णले कथावाचनका समय शिरमा लगाउने पगडिमा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन भेटेपछि उनको बाहिर अनैतिक सम्बन्ध रहेको कुरा थाहा भएको र विषयलाई लिएर वादविवाद सुरु भएको र अबदेखि त्यसो नगर्न अनुनय गर्दा उल्टै कुटाइ खानुपरेको उनले बताएकी छन्।उहाँको एक जना सङ्ग मात्र हैन,थुप्रै परस्त्रीहरूसँग सम्बन्ध छ भन्ने थाहा पाएपछि मैले सम्झाउन खोजे। उल्टै आफू चोखो बन्न उहाँले मलाई कुटपिट गर्नुभयो,’ उनी भन्छिन्।