१३ माघ, काठमाडौं ।
जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले भने,‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हाृ । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुनप्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन् । तर, यसले एउटा विमर्शको आवश्यकत्ता महशुस गराएको छ । के/कति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले केन्द्रीय नेताहरुको तहमा भएको सहमति पालना नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘यसले गठबन्धनभित्र आपसमा अविश्वास पैदा गर्छ । अर्को भनेको वैचारिक र सैद्धान्तिक रूपमा भ्रष्टीकरण ल्याउँछ । नेतृत्व तहमा एकप्रकारको सहमति भैसकेपछि त्यसलाई इमानदारीपूर्वककार्यान्वयन गर्नुपर्दथ्यो । तर, विचलन देखियो । दीर्घकालिन रुपमा असर गर्छ । त्यहाँबाट अविश्वासको विजारोपण भएको छ । यसलाई समयमै सबै मिलेर समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले राष्ट्रियसभाको अध्यक्षको लागि गठबन्धनभित्र भएको सहमति पालना हुने विश्वास दिलाए । उनले भने,‘अहिले राष्टियसभाको अध्यक्ष को हुने भनेर बहस भएको छ । मलाई लाग्छ-गठबन्धनभित्र जे सहमति भएको छ, त्यो इमानदारपूवर्क लागु हुन्छ । हाम्रो दलबाट दाबी छैन् । सहमतिले यो महत्वपूणर् जिम्मेवारी दिने कुरा हो । अब कसले जिम्मेवारी वहन गर्नसक्छ त्यो हेर्नुपर्छ ।’
उनले अहिले गठबन्धनको सरकार हुँदापनि मुलुक जुन गतिमा अघि बढनुपर्ने हो त्यसरी बढ्न नसकेको स्विकारे । उनले भने,‘मुलुक अहिले सकारात्मक दिशामा जानुपर्दथ्यो । जति काम हुनुपर्ने थियो, त्यति काम भएको छैन् । आज जनतामा निराशा छ । असन्तुष्टि व्याप्त छ । सरकारप्रति ठूलो अविश्वास छ । पार्टी र नेतृत्वप्रति जनमानसमा एकप्रकारको आक्रोश छ । जनताको आक्रोशलाई समयमै सम्बोधन गरिएन भने दुर्घट्ना हुनसक्छ । दलहरुबाट खाली सरकार बनाउने र भत्काउने काममात्रै भयो भने दुर्घटना हुन्छ ।’
यादवले अहिलेको राष्ट्रिय राजनीति संकटको डिलमा रहेको भन्दै त्यसबाट पार लगाउनको लागि सबै जिम्मेवार हुनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘हिजो नेतृत्व गरेर जिम्मेवार पदमा बसे, राजनीति गरे, आज तिनीहरु नै आफ्नो सन्तान अर्को देशमा जन्माउन गएका छन् । अमेरिका र युरोप गएर बच्चा जन्माउने काम भएको छ, यो अनिष्टको संकेत हो । सबै मिलेर राष्ट्रका सामू भएका चूनौति सामना गर्नुपर्छ ।’
यादवले अहिलेको संविधानलाई परिमार्जन, परिवर्तन र पूनर्लेखन गर्न पूर्व प्रधानन्यायाधीशसहित संविधानविद्हरुको सहभागितामा बलियो आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने,‘संविधान परिमार्जन गर्न ढिलो गर्नुहुँदैन् । संविधानमा समस्या छ ।’
उनले नेपाल र भारतको सम्बन्ध युनिक र ऐतिहासिक रहेको बताए । उनले भने,‘नेपाल र भारतको सम्बन्ध जतिसुकै वणर्न गरेपनि कम हुन्छ । यो सम्बन्ध युनिक र ऐतिहासिक अनि बहुआयामिक छ । अब नेपालले फाईदा लिनेगरि रणनीति बनाउनुपर्छ । भारतको तिव्र आर्थिक वृद्धि भैरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्नुपर्छ ।’
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद उदयशमशेर जबराले कोशीको घट्नाले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । उनले भने,‘गठबन्धनमा कोशी प्रदेशमा केही समस्या आएको हो । यसले गठबन्धन टुटाउँदैन् । कोशीमा मात्रै समस्या देखिएको छ, अरु ६ प्रदेशमा क्लिन-इलेक्शन भएको छ । कोशी प्रदेशमा अत्यन्तै बढि राजनीतिक अस्थिरताको खेल भएको छ । यो राष्ट्रिय राजनीति भन्दापनि प्रदेश राजनीतिको ह्याङओभर हो । हाम्रो पार्टीले यसमा छानबिन गर्नुपर्ने हुन्छ । यो कारणले गठबन्धन टुट्दैन ।’
जबराले अर्को निर्वाचन नआएसम्म सत्ता गठबन्धन कायम रहने दाबी गरे । उनले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दाबी हुने सुनाए । उनले भने,‘यसबारे सहमति भएको वा नभएको भन्ने कुरा शीर्ष नेताहरुबीचको कुरा होला, तर मैले पाएको सूचनाअनुसार राष्ट्रियसभाको अध्यक्ष कांग्रेसको भागमा परेको छ ।’ उनले नेपालमा राजनीतिक स्थायित्वको खडेरीले गर्दा विकास निर्माणका कार्यहरु अवरुद्ध भएको टिप्पणी गरे । उनले नेपालमा सरकारमात्रै नभएर नीति, नियमहरु पनि अस्थिर हुनु दुःखद् भएको बताए ।
उनले आवश्यक गृहकार्य नगरी भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाईएको र अहिले ती दुवै विमानस्थल नेपालको लागि सेतो हात्ती भएको टिप्पणी गरे । सो क्रममा उनले संविधानको निर्वाचन प्रक्रियामा परिवर्तन ल्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको मुख्य जिम्मेवारी र काम भनेको गठबन्धन बलियो राख्नेमात्रै भएको बताए ।
जबराले नेपालले भारतसँग आर्थिक विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हालै भरतसँग विद्युत सम्झौता भयो । राम्रो भएको छ । भारतसँग डिल गर्दा नेपालको स्वार्थ अब आर्थिक वृद्धिको निम्ति हुनुपर्छ । नेपालविना भारतको आर्थिक वृद्धि हुन्छ । तर, भारतसँग हाम्रो रिलेशन बिग्रियो भने हाम्रो अर्थतन्त्रमा ठूलो असर आउनसक्छ । त्यो भएकोले व्यवहारिक रुपमा हामीले भारतसँग डिल गर्नुपर्छ । हाम्रो ध्यान अब आर्थिक विषयमा हुनुपर्छ । जलस्रो र पर्यटनमा हुनुपर्छ ।