१० माघ, काठमाडौं ।
लिटल गौतम बुद्ध’ भनेर प्रचार गरिएका धर्मगुरु रामबहाजुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडित किशोरीको बुबाको ट्याक्टरले ठक्कर दिँदा ज्यान गएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका किशोरीका बुबाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल, सिन्धुलामा उपचारका क्रममा उनको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ ।