अमेरिकी डलरमा सामान्य गिरावट, युरोको भाउ बढ्यो

हाम्रो सन्देश संवाददाता

२० पुस, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । 

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा कायम गरिएको छ। 

बिहिबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसामा कारोबार भएको थियो । 
अघिल्लोदिनको तुलनामा शुक्रबार ७ पैसाले घटेको हो ।

यस्तै, युरोपियन युरो ३५ पैसाले बढेको छ ।
आज युरो एकको खरिदमा १४५ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४६ रूपैयाँ २३ पैसा तोकिएको छ।
शुक्रबार युरो एकको खरिद मूल्य १४५ रूपैयाँ २२ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ८८ पैसा तोकिएका थियो ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर शुक्रबार १६८ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा तोकिएको छ।
बेलायती पाउण्ड स्टर्लिङको भाउ अघिल्लो दिनको तुलनामा ९९ पैसाले घटेको हो ।

 

बिहिबार पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा कायम गरिएको थियो।

 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८९ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।

त्यसैगरी, क्यानेडियन डलरको खरिददर भने ९९ रूपैयाँ ७३ पैसा र बिक्रीमा १०० रूपैयाँ १८ पैसा तोकिएको छ ।

यस्तै, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६३ पैसा कायम छ। राष्ट्र बैंकले आज एक साउदि अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।

 

युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ६७ पैसा र बिक्रीदर २८ रूपैयाँ ८० पैसा पाइन्छ।

 

 

शुक्रबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १४ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १० पैसा तोकिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४ पैसा तोकिएको छ।