बलात्कार आराेपमा २ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

१९ पुस, काठमाडौं ।

झापा र माेरङबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । 

५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे बुद्धशान्ति गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 

यस्तै १० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई प्रहरीले पक्राउ गरेको छ । पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।