गाजासँगै इजरायलद्दारा सिरिया माथी पनि हवाइ आक्रमण तिब्र, १९ को मृत्यु

हाम्रो सन्देश संवाददाता

१५ पुस, तेल अहिव ।

इजरायलले सिरियामा गरेको आक्रमणमा १९ लडाकु मारिएको छन ।

 

गाजामाथी हमला गरिरहेको इजरायलले अब सिरिया, हिजुबुल्लाहलगायत समुहसँग पनि लडिरहेको बखत सो हमला गरेको हो ।

 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकी सीमा नजिकै रातभरि भएको कम्तीमा ९ हवाई आक्रमणमा परी ४ सिरियाली र ६ इराकीसहित १९ इरानी समर्थक लडाकुको मृत्यु भएको छ । सो घटनामा परी १८ जनाभन्दा बढी घाइते भएको बताएको छ।

 

‘सो बमबारी इजरायलले सुरु गरेको थियो,’ मनिटरले भने।

 

सिरियाली रक्षा मन्त्रालयले शनिबार इजरायलले एलेप्पो सहरमा छुट्टाछुट्टै आक्रमण गरेको जनाएको छ ।