हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो

हाम्रो सन्देश संवाददाता

२६ असार, काठमाडौं ।

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौं ल्याइएको छ । हेलिटुर सेवा प्रदायक कम्पनी एभेरेष्ट एक्सपेरियन्स एन्ड एसिस्टेन्सका सञ्चालक मुक्ति पाण्डेले शवलाई पोष्टमाटर्मको लागि काठमाडौं ल्याइएको बताए ।

उनीहरूको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको उनले बताए । सोही कम्पनीमार्फत उनीहरु ‘माउन्टेन फ्लाइट’मा गएका थिए ।

मंगलबार बिहान मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके ५ लामजुरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँचजना मेक्सिकन नागरिक गरी सवार ५ जनाकै मृत्यु भएको थियो ।