टी-२० विश्वकप ग्लोबल छनोट: नेपालको दोस्रो हार, नेदरल्यान्डस् २ रनले विजयी

हाम्रो सन्देश संवाददाता

माघ ८ काठमाडौं| घरेलु मैदानमा जारी आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । टीयु क्रिकेट मैदानमा आज भएको खेलमा खेलमा नेपाल नेदरल्यान्डससँग २ रनले पराजित भयो ।

नेदरल्यान्डसले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।रुबिना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे पनि जितका लागी पर्याप्त हुन सके । बलिङमा नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले सर्वाधिक ३ विकेट लिइन् ।त्यसअघि टीयु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । बलिङमा नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन् । यसअघि भएको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।