माधव नेपाल माथि बज्रपात,पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

हाम्रो सन्देश संवाददाता

माघ,७ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।

यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुनस् आदेश गर्‍यो ।आज फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ । ‘यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिए । अहिले पुनस् आदेश भयो । अनि अख्तियारले पनि फाइल पठाइहाल्यो,’विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले अनलाइनखबरसँग भने,’आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।’

उनले यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरी पाइल पठाएको थियो यसैको सुनुवाइका लागि माघ १४ गतेलाई पेसी तोकिएको जानकारी दिए ।गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गएको अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालसहितविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा धेरै जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण ९कारोबार स्वीकृति०गरेको अख्तियारको दाबी छ । त्यस्तै सोही मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिना मिना भएको अख्तियारको ठहर छ ।